२ पुस, नवलपरासी । नवलपरासीमा भएको सवारी दुर्घटनमा दुई जनाको मृत्यु भएको छ । २५ जनाभन्दा बढी घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डन्डा जङ्गलमा आज बिहान साढे सात भएको भएको सवारी दुर्घटनामा सिद्धार्थनगर-९ भैरहवा बर्मेली टोलका बसका सहचालक उजेल भुसाल र एक महिला रहेको ज्यान गएको छ । ज्यान गुमाउने महिलाको परिचय खुल्न सकेको छैन् ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५२२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको लु १ ख ४९७४ नम्बरको बस एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
घाइते सवैको मध्यविन्दु अस्पताल डन्डा र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
No comments:
Post a Comment