Tuesday, February 19, 2013

लीक भयो पूनमको एडल्ट फिल्मको पोस्टर

बलिउड मोडल पूनम पाण्डेको आउन लागेको एडल्ट फिल्मको पोस्टर लीक भएको छ । यो लीक भएको या जानिजानी लिक गरिएको हो सो कुरा भने पुनमलेनै बताउन सक्छिन् ।  यस पोस्टरको लीक भएको चर्चा अहिले बलिउड फिल्मी नजरीमा चर्चाको बिषय बनेको छ । पूनमको यो तस्वीर एकदम अनौठो किसिमले क्यामराको एङ्गलबाट खिचिएको छ ।  

कन्ट्रोभर्सी गर्ल पूनम पाण्ले ट्विटरमा बताए अनुसार उनले एक एडल्ट फिल्म साइन गरेकी छन् । पूनमको उक्त आउनलागेको फिल्म मात्र पांच अक्षरहरूबाट शुरू हुनेछ जसको पहिलो अक्षर ए हो । दोश्रो अक्षर एच हो । जसका लागी उनले एच फर ह्याबिट अर्थात दर्शकले यसलाइ आफ्नो आदत बनाउन ।  तेश्रो अक्षर एस अर्थात सेक्स र चौथो अक्षर एन अर्थात न्यूड र पांचौं अक्षर ‘ए’ हो ए फर एप्पल ? हैन ! एप्लाई ..टू माई बडी । पूनमले अगाडी लेखेकी छन् ।

अहिले सम्म उनले आफ्नो फिल्मका पांच अक्षर ए,एच,एस,एन र ए मात्र पोस्ट गरेकी छन्। पूनमका अनुसार अब तपाइँ आफै बताउनुहोस कि मेरो फिल्मको नाम के हो ? फिल्मको शीर्षक पांच अक्षरहरूबाट नै शुरू हुन्छ ।  यस फिल्मको निर्देशन अमित सक्सेनाले गरिरहेका छन् । उनले यस अघि जिस्म २ फिल्मको निर्देशन गरेका थिए ।

स्मार्टफोन बोक्ने ले गर्छन् बढि सेक्स

स्मार्टफोन बोक्ने किशोरकिशोरीहरुले अरु साधारण मोबाइल फोन बोक्ने साथीहरुको तुलनामा बढि सेक्स गर्ने गरेको एक अध्ययनले देखाएको छ । साथै मोबाइल फोनमै इन्टरनेटको सुविधा उपयोग गर्ने टिनएजर्सहरुले अनलाइन मार्फत विपरित लिंगीसाग सम्पर्क गर्न नपाउनेहरुलेभन्दा सेक्सको मौका दोब्बर बढि पाउने समेत अध्ययनले खुलासा गरेको छ । 
 साउथ क्यालिफोर्निया विश्वविद्यालयको स्कुल अफ सोसल वर्क का अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले आधुनिक मोबाइल फोन अर्थात् स्मार्टफोनको प्रयोग गर्ने किशोरकिशोरीहरु यौनिक रुपमा धेरै सक्रिय हुने गरेका देखाएको हो । अनुसन्धानकर्ता इरिक राइसका अनुसार स्मार्टफोनकै कारण किशोरकिशोरीहरु प्रत्यक्ष रुपमा जोखिमपूर्ण यौन क्रियाकलापमा फसेको भने पाइएको छैन फगत स्मार्टफोनले यस्तो कामलाई सजिलो बनाइदिएको छ ।
 उनका अनुसार अब अभिभावकले आफ्ना जवाफ छोराछोरीले कम्प्युटमा इन्टरनेट मार्फत कस्तो कस्तो क्रियाकलाप गर्छन् भनेर अनुगमन गरेर मात्र पुग्दैन, स्मार्टफोनमा अनलाइन मार्फत गर्ने कार्यहरुको बारेमा पनि निगरानी गर्नुपर्छ । यस अध्ययनको क्रममा अमेरिकाको लस एन्जल्सका १८४० जना स्कुले छात्रछात्रामा अनुगमन गरिएको थियो ।

विश्वकै पहिलो सेक्स स्कुल पनि खुल्यो

सेक्स हरेक जीवित प्राणीका लागि एक अभिन्न अंग भएको कुरा प्रष्टै छ । यौनशिक्षाको विषयलाई लिएर विश्वमा अनेक कुराहरु हुने गर्छन् । सेक्सको विषयमा जहिल्यै र जसलाई पनि एक किसिमको खुल्दुली हुने गरेको तथ्यहरु बेला–बेलामा बाहिर आउने गरेका छन् 
अझ यो खुल्दुली किशोरावस्थामा बढी हुने तथ्यहरुले बताउने गरेका छन् । यस्तैमा अष्ट्रियामा एक अन्तर्राष्ट्रिय सेक्स स्कुल खुलेको छ । जुन विद्यार्थीलाई यौनशिक्षा दिने विश्वकै पहिलो स्कुल पनि हो । उक्त सेक्स स्कुल अष्ट्रियाको भियनामा खोलिएको हो ।
उक्त स्कुलमा विद्यार्थीलाई सेक्सको व्यबहारिक ज्ञान पनि दिइने जनाइएको छ । तर, उक्त स्कुलमा पढ्न जोकसैलाई सजिलो भने छैन । समाचार एजेन्सी डेलिमेलका अनुसार उक्त स्कुलमा एकसत्र पढ्नका लागि प्रत्येक विद्यार्थीले १४ सय पाउन्ड शुल्क बुझाउनु पर्नेछ । सेक्स स्कुलका प्रवक्ता मेलोडी कर्शले भने स्कुल पूर्ण रुपमा चल्न सफल हुनेमा विश्वास व्यक्त गरेको जनाइएको छ ।